बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण « Khabarhub

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाल्पासा आर्ट ग्यालरीले बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण गरेको छ । 

उक्त चित्रमार्फत नेपालका विविध धार्मिक आस्था, सांस्कृतिक परम्परा, मौलिक जीवनशैली तथा सामाजिक सहअस्तित्वलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको छ । 

चित्रले नेपाली समाजको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै आफ्नो मौलिक पहिचान संरक्षणको सन्देश प्रवाह गरेको देखिन्छ । 

पछिल्लो समय तीव्र शहरीकरण र आधुनिकीकरणका कारण ओझेलमा पर्दै गएका सांस्कृतिक मूल्य र परम्परालाई दृश्यकलामार्फत स्मरण गराउने प्रयासस्वरूप यो सिर्जना गरिएको हो । 

सार्वजनिक स्थलमा निर्माण गरिएको उक्त कलाकृतिले स्थानीयवासी तथा सर्वसाधारणको ध्यान आकर्षित गर्नुका साथै नेपाली कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा दृश्यकलाको प्रभावकारी भूमिकालाई उजागर गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १ : २६ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक