बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण « Khabarhub

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाल्पासा आर्ट ग्यालरीले बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण गरेको छ । 

उक्त चित्रमार्फत नेपालका विविध धार्मिक आस्था, सांस्कृतिक परम्परा, मौलिक जीवनशैली तथा सामाजिक सहअस्तित्वलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको छ । 

चित्रले नेपाली समाजको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै आफ्नो मौलिक पहिचान संरक्षणको सन्देश प्रवाह गरेको देखिन्छ । 

पछिल्लो समय तीव्र शहरीकरण र आधुनिकीकरणका कारण ओझेलमा पर्दै गएका सांस्कृतिक मूल्य र परम्परालाई दृश्यकलामार्फत स्मरण गराउने प्रयासस्वरूप यो सिर्जना गरिएको हो । 

सार्वजनिक स्थलमा निर्माण गरिएको उक्त कलाकृतिले स्थानीयवासी तथा सर्वसाधारणको ध्यान आकर्षित गर्नुका साथै नेपाली कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा दृश्यकलाको प्रभावकारी भूमिकालाई उजागर गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १ : २६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको