हर्मुज जलघाँटीको सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान « Khabarhub

हर्मुज जलघाँटीको सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान–  इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट गर्दै क्षेत्रीय सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने आफ्नो अडान पुनः दोहोर्‍याएको छ।

इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलघाँटी इरानको सुरक्षा अवधारणाअन्तर्गत पर्ने र यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले निर्धारण गर्न नसक्ने बताएका हुन्

उनले बहराइनमा आयोजित सैन्य सम्मेलनले पर्सियन खाडीको कानूनी व्यवस्था वा सुरक्षा संरचना तय गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय स्थायित्व विदेशी सैन्य उपस्थितिबाट सम्भव नहुने धारणा व्यक्त गरे। दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न अमेरिकी हस्तक्षेपको अन्त्य, क्षेत्रबाट अमेरिकी सेना फिर्ता, सम्बन्धित देशहरूको सार्वभौमिकताको सम्मान तथा बदलिँदो भूराजनीतिक यथार्थको स्वीकार आवश्यक रहेको उनको भनाइ छ।

गरिबाबादीको प्रतिक्रिया अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को पहलमा बहराइनमा सम्पन्न क्षेत्रीय सुरक्षा सम्मेलनपछि आएको हो। सम्मेलनमा बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनका वरिष्ठ सैन्य अधिकारी सहभागी भएका थिए। सम्मेलनको नेतृत्व सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले गरेका थिए ।

सेन्टकमका अनुसार सम्मेलनमा हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाजको निर्बाध आवागमन सुनिश्चित गर्ने साझा प्रतिबद्धता, क्षेत्रीय सुरक्षा, रक्षा सहकार्य तथा विकसित सुरक्षा चुनौतीहरूको सामना गर्न आपसी समन्वय विस्तार गर्ने विषयमा छलफल भएको थियो।

एडमिरल कुपरले क्षेत्रीय साझेदारहरूसँगको सहकार्यलाई सुरक्षा र स्थिरताको आधारका रूपमा उल्लेख गरेका छन्। सेन्टकमका अनुसार सिरिया र लेबनानका सैन्य अधिकारी पहिलो पटक अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका हुन्।

सेन्टकमले मध्यपूर्वमा सूचना आदानप्रदान, खतरा पूर्वसूचना तथा आकस्मिक प्रतिकार्यका लागि क्षेत्रीय साझेदारहरूसँग मिलेर हवाई तथा मिसाइल प्रतिरक्षा संयन्त्रलाई थप सुदृढ बनाउँदै आएको जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको