विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते « Khabarhub

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार विभिन्न विपद्का घटनाबाट ३६ वटा चौपाया क्षति भएका छन् भने करिब २४ लाख ८ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।

सबैभन्दा बढी १५ वटा सर्पदंशका घटना भएका छन्, जसबाट १५ जना घाइते भएका छन् । चट्याङका ६ घटनामा २ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । पहिरोका १५ घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

यस्तै, आगलागीका ४ घटनामा १ जना घाइते, बहावजन्य बाढीका ३ घटनामा १ जना घाइते तथा जनावर आक्रमणका ४ घटनामा १ जना घाइते भएका छन्। वन डढेलोका ६ घटना र चट्याङ, सर्पदंश तथा अन्य विपद्का घटनाले विभिन्न जिल्लामा जनधनको क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

तथ्यांकअनुसार विपद्का घटनाबाट कुल ११६ घरपरिवार प्रभावित भएका छन्। सर्पदंशबाट सबैभन्दा बढी ३५ परिवार प्रभावित भएका छन् भने पहिरोबाट ६३ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणले मनसुन सक्रिय भइरहेकाले बाढी, पहिरो, चट्याङ र सर्पदंशजस्ता जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १ : ४१ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको