विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते « Khabarhub

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार विभिन्न विपद्का घटनाबाट ३६ वटा चौपाया क्षति भएका छन् भने करिब २४ लाख ८ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।

सबैभन्दा बढी १५ वटा सर्पदंशका घटना भएका छन्, जसबाट १५ जना घाइते भएका छन् । चट्याङका ६ घटनामा २ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । पहिरोका १५ घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

यस्तै, आगलागीका ४ घटनामा १ जना घाइते, बहावजन्य बाढीका ३ घटनामा १ जना घाइते तथा जनावर आक्रमणका ४ घटनामा १ जना घाइते भएका छन्। वन डढेलोका ६ घटना र चट्याङ, सर्पदंश तथा अन्य विपद्का घटनाले विभिन्न जिल्लामा जनधनको क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

तथ्यांकअनुसार विपद्का घटनाबाट कुल ११६ घरपरिवार प्रभावित भएका छन्। सर्पदंशबाट सबैभन्दा बढी ३५ परिवार प्रभावित भएका छन् भने पहिरोबाट ६३ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणले मनसुन सक्रिय भइरहेकाले बाढी, पहिरो, चट्याङ र सर्पदंशजस्ता जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १ : ४१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको