कर्णाली नदीमा मिनीबस खस्यो « Khabarhub

कर्णाली नदीमा मिनीबस खस्यो


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली नदीमा खसेको छ ।

प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बुधबार बिहान करिब साढे ११ बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेकाले अन्य यात्रुको अवस्था पनि अझै अज्ञात रहेको उनले बताए।

दुर्घटनापछि उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी उद्धार तथा खोजी कार्यका लागि खटिएको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १ : ५० बजे

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीलाई उन्मुक्ति छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका