निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा « Khabarhub

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला भएका छन् । नेता विमलेन्द्र निधिको निवास मध्य बानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता चलिरहेको छ ।

भेटमा पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी भइरहेको छ । प्रकाशमान सिंह पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता मानिए पनि निधि पछिल्लो समय संस्थापन इतर अथवा गगन थापातिर खुलेको भन्ने सुनिन्छ ।

डा. कोइराला भने मध्यमार्गी बाटोमा छन् । धेरैले कांग्रेस विभाजन हुनै लागेको अड्कल काटिरहेका बेला तीन नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ३ : ०४ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत