कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन « Khabarhub

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ ।

प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६ र आज पनि तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा असार १९ गते शुक्रबार दिउँसो १ बस्ने समय तोकिएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक शुक्रबार १ बजे बस्नेगरी समय निर्धारण गरेका हुन् ।

आजको बैठकको कार्यसूचीमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ अन्तर्गत सबै मन्त्रालयका विभिन्न  शीर्षकमाथिे समूहीकृत रूपमा छलफल हुने उल्लेख थियो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ३ : ५१ बजे

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय