बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ? « Khabarhub

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शिक्षा नियमावलीको दशौँ संशोधनसहित विभिन्न महत्वपूर्ण नीति, नियुक्ति तथा सरुवाका निर्णयहरू स्वीकृत गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा नीतिगत सुधारका क्षेत्रमा दूरगामी प्रभाव राख्ने आधा दर्जनभन्दा बढी निर्णयहरू गरेको हो। बैठकले शिक्षा क्षेत्रको सुधारका लागि ‘शिक्षा दशौँ संशोधन नियमावली २०८३’ लाई आधिकारिक रूपमा स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसका साथै श्रम र सदाचारका क्षेत्रमा नयाँ व्यवस्था लागू गर्दै सरकारले ‘कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३’ का साथै ‘राष्ट्रिय सदाचार नीति २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ लाई समेत अनुमोदन गरेको छ।

मन्त्रिपरिषद्ले सञ्चार, मुद्रण तथा व्यवस्थापनका क्षेत्रमा रिक्त रहेका उच्च पदहरूमा नयाँ नियुक्तिहरू गरेको छ। जसअनुसार गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरिएको छ भने सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गाना चयन भएका छन्। त्यस्तै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्ति गर्ने निर्णय सरकारले गरेको छ।

सुरक्षा र अन्तर्राष्ट्रिय सन्धिको सवालमा पनि बिहीबारको बैठकले केही महत्वपूर्ण कदम चालेको छ। शान्ति सुरक्षालाई थप सुदृढ र चुस्त बनाउने उद्देश्यले नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरिएको छ। यस्तै, जैविक विविधता र सामुद्रिक कानुनसँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धिका पक्षमा नेपाल उभिने प्रक्रियालाई अघि बढाउँदै सरकारले ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन’ लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ४ : ११ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा