आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा « Khabarhub

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए  ।

बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ भने पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ र शिक्षा (दशौँ संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने निर्णय समेत भएको प्रवक्ता पोखरेलले बताए । 

त्यसैगरि बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिकमत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले राष्ट्रिय सदाचार नीति र राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए । 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ४ : ४५ बजे

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीलाई उन्मुक्ति छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका