त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध « Khabarhub

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा गरेको नियुक्ति विवादित बन्न पुगेको छ । सरकारले नेपाल सरकारको सचिव हुँदै रिटायर्ड भएर विवेकशील साझा पार्टीको राजनीति गरेका पूर्वाधारविद् डा किशोर थापालाई नियुक्ति गरेपछि सो नियुक्ति विवादित बन्न पुगेको हो । सरकारले गरेको नियुक्तिमा असहमति जनाउँदै नेपाल प्रगतिशील प्राध्यापक संगठनले उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप भएको र नीतिगत विचलन भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

‘जीवनभर अनुसन्धान र प्राज्ञिक नीति निर्माणमा अमूल्य समय खर्चिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अनुसन्धनकृतिमा अयोगदान गर्ने विश्वव्यापी प्राज्ञिक मान्यता बोकेका प्राध्यापकहरूको मूल्यांकन कुनै समय प्रशासनिक क्षेत्रमा रहेका र हाल राजनीतिक नेताको छबी बनाएका व्यक्तिबाट हुनेगरी भएको यस नियुक्तिले आम प्राध्यापक जगतको मानमर्दन भएको हाम्रो ठहर छ’, संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले गरेको नियुक्ति अस्वीकार्य भएको भन्दै संघले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको पालामा विश्वविद्यालयलाई राजनीतिक नेतृत्वबाट मुक्त राखी स्वायक्त ढंगले सञ्चालन गर्न ‘प्रधानमन्त्री कुलपति नरहने’ र विशुद्ध प्राज्ञिक सञ्चालन परिषद् (गभर्निङ काउन्सिल) मोडेलबाट विश्वविद्यालय चलाउनेगरी मस्यौदा भइसकेकोको अवस्थामा सरकारले फेरि प्रधानमन्त्री नै कुलपति रहनेगरी मस्यौदा तयार गरेको भन्दै विरोध जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ५ : ३० बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी