ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति « Khabarhub

ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत सरकारले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको नयाँ ‘युजरनेम’ (प्रयोगकर्ता नाम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। 

आवश्यक परामर्श र सुरक्षा मूल्याङ्कन पूरा नभएसम्म उक्त सुविधा सार्वजनिक नगर्न भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाममार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वभर विस्तार गर्ने घोषणा गरेको थियो। गोपनीयता अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको यो सुविधाले भारतमा भने नक्कली परिचय प्रयोग गरी ठगी गर्ने समूहलाई थप सहज बनाउन सक्ने सरकारको चिन्ता छ।

मन्त्रालयले मेटालाई पठाएको पत्रमा नयाँ सुविधाका कारण अनलाइन ठगी, फिसिङ, ‘डिजिटल गिरफ्तारी’ जस्ता साइबर अपराध तथा नक्कली परिचय प्रयोगका घटना बढ्न सक्ने उल्लेख गरिएको छ। सरकारी अधिकारीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेस ले प्राविधिक ज्ञान कम भएका प्रयोगकर्ता नक्कली युजरनेममार्फत ठगिन सक्ने जोखिम बढी रहेको जनाएको छ।

भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो। त्यहाँ ५० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्। पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना तीव्र रूपमा बढ्दै गएका छन्। सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा साइबर ठगीका कारण भारतीय नागरिकले करिब तीन अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेका छन्, जुन सन् २०२१ को तुलनामा करिब ४० गुणा बढी हो।

यद्यपि, मेटाले उक्त सुविधा भारतमा अझै लागू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व तथा प्रमाणित खातासँग सम्बन्धित प्रयोगकर्ता नाम पहिल्यै सुरक्षित राखिएको छ, जसले नक्कली परिचय प्रयोगको जोखिम कम गर्नेछ। साथै, युजरनेम प्रयोग गरे पनि ह्वाट्सएप चलाउन फोन नम्बर अनिवार्य रहने र ठगी नियन्त्रणका लागि बहुस्तरीय सुरक्षा संयन्त्र समावेश गरिएको कम्पनीले जनाएको छ।

यसैबीच, मेटाले गत महिना भारतीय फिनटेक उद्यमी कुणाल शाहलाई ह्वाट्सएपको नयाँ प्रमुख नियुक्त गरेको थियो। चीनको टेन्सेन्ट स्वामित्वको वीच्याटमा भने प्रयोगकर्ता नाममार्फत सम्पर्क गर्ने सुविधा पहिलेदेखि नै उपलब्ध छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ५ : ४१ बजे

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१