राजविराज–भारदह सडक अलपत्र « Khabarhub

राजविराज–भारदह सडक अलपत्र


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरिदिएकाले  सडक  अलपत्र परेका हो ।     

निर्माण कार्य पूरा नभएपछि अलपत्र पारिएको सो  सडकबाट निस्कने धुलो र दैनिक सञ्चालन हुने सार्वजनिक यातायातले छोड्ने धुवाँका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ । 
    
झलहीदेखि हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वासम्मको आठ किलोमिटर सडक ठेकेदारले भताभुङ्ग  छोडिदिएका कारण धुलोबाट सर्वसाधारण हैरानी भएका हुन् ।     

“राजविराज–भारदह सडकखण्डको ठेक्का लागेको लामो भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । सडक खनेर छाडिएको छ”, राजविराज नगरपालिका–११ स्थित झलहीका श्रवण यादवले गुनासो गरे ।
 
उनी भन्छन्, ‘राजविराजबाट पूर्वतर्फ विराटनगर र धरान जानका लागि यही राजविराज–भारदह सडक मुख्य बाटो भएकाले खनिएको सडकमा दैनिक चल्ने सवारीसाधनका कारण सडकमा हिँड्नेदेखि साइकलयात्री तथा सर्वसाधारणलाई मर्का परेको छ ।’     
         
सडक डिभिजन कार्यालय लहानमार्फत  २२ करोड ५३ लाख लागतमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको म्याद पटकपटक थपिँदै आएको छ । 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ७ : ०६ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी