जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो « Khabarhub

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

विद्यालयको शौचालयमा सहपाठी छात्राको निर्मम हत्या घटना: अदालतमा बहस सुरु


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ जुएनको निर्मम हत्या गरेको अभियोगमा मलेसियाका एक नाबालिग किशोरमाथि अदालतमा मुद्दा सुरु भएको छ। राजधानी क्वालालम्पुरको बाहिरी क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयको शौचालयमा गत अक्टोबरमा बहुचर्चित यो घटना घटेको थियो।

घटनाका बेला १४ वर्षका रहेका ती किशोरमाथि धारिलो हतियार प्रहार गरी छात्राको हत्या गरेको आरोप छ। अभियुक्त किशोरले भने आफू निर्दोष रहेको दाबी गर्दै अदालतसामु आरोप अस्वीकार गरेका छन्। मलेसियाली कानुन अनुसार अभियुक्त नाबालक भएकाले उनको परिचय सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार गिरफ्तार पर्दा ती किशोरको साथबाट एउटा नोटसमेत फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट किशोरलाई सामाजिक सञ्जालको नकारात्मक असर र अनलाइन हिंसात्मक संस्कृतिले प्रेरित गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

यस घटनाले मलेसियाभर ठूलो तरङ्ग पैदा गरेको छ भने बालबालिकामा सामाजिक सञ्जालको कुप्रभावलाई लिएर देशभर चिन्ता र बहस तीव्र बनेको छ। धेरैले यस घटनालाई नेटफ्लिक्सको चर्चित शृङ्खला ‘एडोलेसेन्स’ सँग तुलना गरेका छन्, जसले किशोरकिशोरीमा अनलाइन माध्यमबाट फैलिने कट्टरपन्थी सोच र हिंसालाई चित्रण गर्दछ।

यस घटनापछि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले विद्यालयमा बढेको हिंसात्मक व्यवहारको मुख्य कारण मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोग रहेको बताएका थिए। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मलेसिया सरकारले बालबालिकालाई हानिकारक अनलाइन सामग्रीबाट बचाउन गत जुन महिनादेखि १६ वर्षमुनिका बालबालिकालाई प्रमुख सामाजिक सञ्जालमा खाता खोल्न पूर्ण प्रतिबन्ध लगाइसकेको छ।

मलेसियामा आपराधिक दायित्वको उमेर १० वर्ष निर्धारण गरिएको छ। नाबालक भएकै कारण अभियुक्तले मृत्युदण्डको सजाय पाउने छैनन्, तर कसूर ठहर भएमा उनले ३० देखि ४० वर्षसम्मको कैद र कोरा हान्ने सजाय पाउन सक्नेछन्।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ११ : ३८ बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा