पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म « Khabarhub

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी व्यापार गर्न सफल भएको छ । यस वर्षको सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा गौँथली शीर्ष स्थानमा उक्लिएको छ ।

चलचित्र विकास बोर्डका अनुसार साउन १ बाट प्रदर्शनरत यस फिल्मले १७ गतेसम्म १३ करोड ६४ लाख ग्रस कलेक्सन गरेको हो । यस फिल्मका लागि झन्डै पाँच लाख वटा टिकट खरिद-बिक्री भएको छ ।

यससँगै ‘गौँथली’ अलटाइम हिट फिल्मको सूचीको १२ नम्बरमा पर्न सफल भएको छ ।

यसअघि सर्वाकालीन हिट फिल्मको सूचीमा नायक पल शाह स्टारर ‘आबाट आमा’ थियो । यसको ग्रस कलेक्सन १३ करोड २० लाख छ ।

डा. भोला रिजालको कृतिमा बनेको ‘गौँथली’को नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का हुन् । निर्देशक रिजाल डा. भोला रिजालका छोरा हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : ०८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम