कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला « Khabarhub

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक दल जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरले सहज जित हासिल गरेका छन् ।

गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतपरिणाम अनुसार सबै ३२ चरणको मतगणना सकिँदा किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दै भाजपा उम्मेदवार नीरज कुमार सिन्हालाई पराजित गरेका हुन् । सिन्हाले कुल ४४ हजार ८२७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय जनता दल (आरजेडी) की रेखा कुमारी तेस्रो स्थानमा छिन् । उनले १४ हजार २७२ मत ल्याएकी छिन् ।

बाँकीपुरलाई भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ । उनी यस क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए ।

पीके भनेर चिनिने प्रशान्त किशोरको जितलाई भारतमा हालै भएको ककरोच आन्दोलनसँग पनि जोडेर हेरिएको छ । परम्परागत राजनीतिक दलभन्दा फरक विषयलाई राजनीतिक मुद्दा बनाउँदै आएको जनसुराज पार्टीले सुशासन र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचार र राजनीतिक विरोधमा अभियान सञ्चालन गर्दै आएको छ ।

यसै कारण पीकेले यस चुनावी अभियानमा युवापुस्ताको अपार समर्थन पनि पाए । ककरोच आन्दोलनलाई पीकेले खुलेरै समर्थन समेत गरे । उनले आन्दोलनकारप्रति ऐक्यबद्धता जनाउनेदेखि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासम्म मागेका थिए ।

‘यदी कक्रोच जनता पार्टीका मान्छेहरु यहाँ आएर विद्यार्थीसँग मिलेर काम गर्छन् भने हामी उनीहरुलाई स्वागत गर्छौँ । सोनम वाङ्चुक मेरा मित्र हुन् ।’ ककरोच आन्दोलन उत्कर्षमा रहेका बेला जीविका दिदी भनिने बिहारका ग्रामिण महिला अगुवाहरुको समर्थनमा आयोजित कार्यक्रममा पीकेले भनेका थिए ।

यसैको परिणामस्वरुप कुनै समय नेताहरूलाई रणनीति सिकाउने पीकेले आज आफ्नै चुनावी जितको उत्सव मनाइरहेका छन् । बिहारको रोहतास जिल्लाको कोनार गाउँमा २० मार्च १९७७ मा जन्मिएका प्रशान्त किशोरको बाल्यकाल चाहिँ बक्सरमा बित्यो ।

उनले सन् १९९१ मा बिहार विद्यालय परीक्षा बोर्ड अन्तर्गत बक्सरको एमपी हाइस्कूलबाट माध्यमिक शिक्षा पूरा गरे भने सन् १९९३ मा पटना साइन्स कलेजबाट उच्च माध्यमिक परीक्षा उत्तीर्ण गरे ।

त्यसपछि उच्च शिक्षाका लागि उनी उत्तर प्रदेशको लखनउ पुगे । लखनउ विश्वविद्यालयबाट उनले सन् १९९६ देखि १९९९ सम्म बीबीए पढे । हैदराबादमा उनले स्नातकोत्तर तह पूरा गरे । हैदराबादस्थित एडमिनिस्ट्रेटिव स्टाफ कलेज अफ इण्डियाबाट उनले मास्टर अफ हेल्थकेयर एडमिनिस्ट्रेशन एमएचए पूरा गरे ।

थप अध्ययनका लागि उनी सन् २०१० मा फ्रान्स पुगे । त्यहाँको क्लेरमों-फेरां विश्वविद्यालयसँग आबद्ध क्याबिलाम भिची नामक संस्थाबाट उनले फ्रेन्च भाषा अध्ययन गरे ।

राजनीतिमा प्रवेश गर्नुअघि प्रशान्त किशोरले झन्डै आठ वर्षसम्म संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित सार्वजनिक स्वास्थ्य कार्यक्रमहरूमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । यस क्रममा उनी स्वास्थ्य र विकाससँग जोडिएका थुप्रै परियोजनाहरूमा सक्रिय रहे । यही कालखण्डले उनलाई प्रशासनिक कार्यशैली, नीति निर्माण र जनस्तरको आवश्यकतालाई सूक्ष्म रूपमा बुझ्न बलियो आधार दियो ।

पछि संयुक्त राष्ट्रसंघको सुरक्षित र आरामदायी जागिरलाई पछाडि छाड्दै उनले सार्वजनिक जीवनको मार्ग बदल्ने निर्णय गरे । उनले ‘इन्डियन पोलिटिकल एक्शन कमिटी’ नामक संस्था स्थापना गरेर चुनावी रणनीतिकारको रूपमा आफ्नो नयाँ पहिचान बनाए ।

समयसँगै उनले भारतका धेरै दिग्गज नेता र विभिन्न राजनीतिक दलका लागि काम गरे । उनका चुनावी योजना र रणनीतिहरू धेरै पटक ऐतिहासिक जितमा सहयोग पुर्‍याए ।

वर्षौँसम्म अरूका लागि मात्र रणनीति तयार पार्दै आएका प्रशान्त किशोरले सन् २०२४ मा आएर आफ्नै पार्टी खोल्ने निधो गरे । सोही वर्षको अक्टोबर २ का दिन उनले ‘जनसुराज’ नामक राजनीतिक दलको औपचारिक घोषणा गरेका थिए ।

गत विधानसभा चुनावमा जनसुराजले राम्रो प्रदर्शन गर्न नसकेपनि उपनिर्वाचनमा भने टाउको उठाउँदै प्रशान्त किशोरले सत्तारुढ भारतीय जनता पार्टीलाई नराम्रो हार चखाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ७ : १० बजे

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

जनकपुरधाम– मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति