कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग « Khabarhub

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न सरकारसँग माग गरेको छ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनाको सत्यतथ्य उजागर गर्न पर्याप्त नभएको निष्कर्ष निकाल्दै न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र कानुनबमोजिम दोषीमाथि कारबाही हुनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए।

उनका अनुसार स्वतन्त्र र निष्पक्ष ढङ्गबाट अनुसन्धान गर्न न्यायिक समिति गठनको मागलाई कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा सशक्त रूपमा उठाउनेछ। यस विषयमा अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्ने निर्णय भएको उनले बताए।

बैठकले पार्टीका सांसदलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेर नागरिकसँग प्रत्यक्ष समन्वय गर्ने निर्णय पनि गरेको छ। साथै, निश्चित मापदण्डका आधारमा स्वकीय सचिव नियुक्तिका लागि प्रस्ताव पेश गर्न सांसदहरूलाई निर्देशन दिने निर्णय गरिएको महामन्त्री पौडेलले जानकारी दिए ।

त्यसैगरी, बैठकले आगामी साउन २३ र २४ गते प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ७ : १४ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।