भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक « Khabarhub

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९ प्रतियोगिता आयोजना गर्नेभएको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतियोगिता, अन्तरराष्ट्रिय सहभागिता, फ्रेन्चाइज लिग, प्रशिक्षण तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सङ्घको वार्षिक क्यालेण्डरअनुसार काभाका तीन र एउटा त्रिदेशीय प्रतियोगिता गरी चार अन्तरराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरिने छ । त्यसैगरी वार्षिक कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुने छ भने १०औँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौँमा हुनेछ ।

साथै ११औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना गरिने नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबाहदुर चन्दले जानकारी दिए ।

यस्तै सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल, एभरेष्ट महिला फ्रेन्चाइज लिग (इभिएल) तथा एनभिएल पुरुष नेपाल भलिबल लिग वार्षिक कार्यक्रममा समावेश छन् । एनभिएल पुरुष लिग काठमाडौँमा आगामी भदौमा आयोजना हुने अध्यक्ष चन्दले बताए ।

अन्तरराष्ट्रिय प्रतियोगितातर्फ नेपाली महिला टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछ । मालदिभ्समा काभा बिच भलिबल टुर तथा काभा यू–१६ भलिबल च्याम्पियनसिप हुने छ ।

यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप आयोजना गरिने अध्यक्ष चन्दले बताए । प्रतियोगिता सञ्चालनका लागि करिब रु २० करोड अनुमानित खर्च लाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १० : १७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु