झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ « Khabarhub

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापीसम्बन्धी सेवा औपचारिकरुपमा आरम्भ गरेको छ ।

सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले अब मालपोत र नापीसम्बन्धी विभिन्न कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि प्रशासन सेवाको थालनी गरिएको हो ।

कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलियाले स्थानीय सरकारमार्फत नै भूमि प्रशासन सेवा सञ्चालनमा आएको घोषणा गर्दै यसले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका अनुसार पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जामा विद्युतीय फोटो, औंठाछाप, दस्तखत तथा ‘ल्याण्ड ओनर आइडेन्टिफिकेसन नम्बर’ (लिन) कायम भएका जग्गाको खरिद–बिक्री, राजीनामा, हकछोड तथा लिखत पारितसम्बन्धी सेवा उपलब्ध गराइनेछ ।

यसका साथै अंशवण्डा, नामसारी, मोही बाँडफाँड, कित्ताकाट, नक्सा प्रिन्ट, अभिलेख अद्यावधिक तथा राजस्व सङ्कलनलगायतका सेवासमेत गाउँपालिकाबाटै प्रवाह गरिने गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय, खर्च र झन्झटमा कमी आउनेछ ।

“अब सेवाग्राहीले सामान्य कामका लागि जिल्ला कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । गाउँपालिकाबाटै छिटो, छरितो र सहज रूपमा सेवा उपलब्ध गराइनेछ,” उनले भने ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १० : ४२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा