झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ बाट निगरानी सुरु गरेको छ। सीमा क्षेत्रको सुरक्षा, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले यो प्रविधि प्रयोगमा ल्याएको हो।
अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन गोप्रो क्यामेरा उपयोगी हुने सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए।
हाल गणले दुई थान ‘गोप्रो क्यामेरा’ सञ्चालनमा ल्याएको जानकारी दिँदै कर्माचार्यले सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य सीमा अपराध नियन्त्रणमा यसले महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरीको प्रविधिमैत्री र सक्रिय परिचालनले सीमावर्ती क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति बढाएको छ। स्थानीयवासीले पनि शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन्।












प्रतिक्रिया