‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे « Khabarhub

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिट किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा उत्रिने भएका छन्। जापानको करिया सहरमा भदौ २० गते आयोजना हुने अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का वर्ल्ड मेन इभन्ट) मा उनले फ्रान्सका बक्सर माथन स्वीनार्डसँग प्रतिस्पर्धा गर्नेछन्।

हालसम्म २८ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका घिमिरेले २० वटामा जित हात पारिसकेका छन्। उनी हिट किक बक्सिङमा चार पटक ‘टाइटल डिफेन्स’ गर्न सफल खेलाडी हुन्।

घिमिरेले यसअघि हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल तथा के-वन क्रस १७५ र १८२ गरी दुई पटक टाइटल म्याच जितिसकेका छन्। अन्तर्राष्ट्रिय रिङमा नेपालको नाम उच्च राख्न सफल घिमिरेलाई किक बक्सिङका अब्बल नेपाली खेलाडीका रूपमा हेरिन्छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १० : १६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी