वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन « Khabarhub

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा निधन भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा मङ्गलबार अचेत अवस्थामा भेटिएका उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय बिर्ताको टोलीले उनको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। तनहुँको भानु नगरपालिका–५ घर भई काठमाडौँको कलङ्कीस्थित ढुङ्गेअड्डा बस्दै आएका थिए।

२०२५ साल वैशाख १५ गते जन्मिएका उपाध्यायले २०४८ फागुनमा उपसम्पादकका रूपमा गोरखापत्रबाट पत्रकारिता सुरु गरेका थिए।

उनले गोरखापत्र दैनिकको कार्यकारी सम्पादक, संस्थान सञ्चालक समिति सदस्य तथा सञ्चालक समिति सचिवको जिम्मेवारी सम्हालेका थिए।

२०७४ मङ्सीर २५ मा संस्थानको महाप्रबन्धक पदमा नियुक्त भएका उनले गोरखापत्रका भगिनी प्रकाशन ‘युवामञ्च’, ‘मधुपर्क’ र ‘मनोरम अप्सरा’ को सम्पादकका रूपमा समेत काम गरेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १० : ४५ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न