एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित « Khabarhub

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २२ औँ ओभरमा चार विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले ६८ बलको सामना गर्दा चार चौकाको मद्दतमा नटआउट ४५ रन बनाए । इशान पाण्डेले २० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले १२ र रोहितकुमार पौडेलले १० रन थपे । आजको खेलमा ओपनर आशिफ शेख भने पहिलो बलमै आउट भएका थिए ।

१०४ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा १०६ रन रन बनाउँदै शानदार जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले चार विकेट हात पारेका थिए । सात ओभर तीन बल बलिङ गर्दै केसीले दुई मेडनका साथ २३ रन दिएर चार विकेट हात पारेका हुन् ।

टस हारेर पहिला फिल्डिङ गरेको नेपालले आयोजक मलेसियालाई ३२ ओभर ३ बलमा अलआउट गरेको थियो।

नेपालका लागि करण केसीले चार विकेट हात पार्दा ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारे ।

मलेसियाका लागि कप्तान सैयद अजिजले ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडेका थिए ।

पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल आज दोस्रो जित निकालेको हो । यो जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ ।

समूह चरणको तेस्रो खेल नेपालले भदौ २१ गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ११ : ४९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण