सुरुङमा फसेकाको उद्धारका लागि विदेशी उपकरण ल्याउन कुलमानको सुझाव « Khabarhub

सुरुङमा फसेकाको उद्धारका लागि विदेशी उपकरण ल्याउन कुलमानको सुझाव


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि आवश्यक परे विदेशी उपकरणसमेत ल्याउन सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले नेपालमा उपलब्ध उपकरणबाट उद्धार सम्भव नभए विदेशी उपकरण तत्काल ल्याउनुपर्ने सुझाव दिएको बताए।

‘नेपालको उपकरणले नभ्याउने भएपछि विदेशी उपकरणसमेत ल्याऊ भन्ने सुझाव दिएका हौँ,’ घिसिङले भने, ‘राहत तथा उद्धार पर्याप्त भएन भन्ने कुरा छ। यसतर्फ गम्भीर छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’

घिसिङका अनुसार प्रधानमन्त्री शाह उद्धार कार्यलाई लिएर गम्भीर रहेको र उपलब्ध सबै संयन्त्र परिचालन गरेर काम भइरहेको बताएका छन्।

घिसिङले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन वैज्ञानिक विधि अपनाउँदै सम्बन्धित क्षेत्रका विज्ञहरूलाई समेत परिचालन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

‘प्रधानमन्त्रीज्यू गम्भीर हुनुहुन्छ। प्रधानमन्त्रीज्यूले सबै संयन्त्र प्रयोग गरेर काम गरिरहेको छ भन्नुभयो,’ उनले भने, ‘यसमा पनि हामीले वैज्ञानिक तरिकाले र विज्ञहरू परिचालन गरेर काम गरौँ भन्ने सुझाव दिएका छौँ।’

सुरुङमा फसेकाहरूको उद्धारका लागि आवश्यक प्रविधि, उपकरण र दक्ष जनशक्ति तत्काल परिचालन गर्नुपर्नेमा घिसिङले जोड दिएका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १२ : ३७ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक