बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव « Khabarhub

बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ।

घटना भएको तथा उद्धारको प्रतीक्षा सुरु भएको आठौँ दिनमा सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजीका क्रममा दुई शव फेला परेको हो।

सोमबार सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटो हुँदै भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। करिब १५० मिटर दूरीमध्ये १०० मिटरभित्र पुगेपछि उद्धार कार्यलाई त्यसै मार्गबाट अगाडि बढाउन नसकिने निष्कर्षमा टोली पुगेको थियो।

त्यसपछि आयोजनाको कम्पनीले आफ्नै टोली परिचालन गरी खोज तथा उद्धारमा लाग्ने जनाएको थियो। मंगलबार सुरुङ क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको खोजी र व्यवस्थापन गरिएको थियो।

बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित सातदेखि आठ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरेको थियो। टोलीले करिब १५० मिटर माथिसम्म पुगेर सुरुङभित्र प्रवेश गर्ने वैकल्पिक बाटो तयार पारेको थियो।

त्यही बाटो प्रयोग गर्दै बिहीबार बिहानै सरकारी उद्धार टोलीका सदस्य सुरुङभित्र प्रवेश गरेका थिए। खोजीका क्रममा फसेका हुन सक्ने व्यक्तिमध्ये दुई जनालाई मृत अवस्थामा फेला पारिएको हो।

सुरुङभित्र अन्य व्यक्ति पनि फसेको आशंका गरिएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १२ : ३८ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको