हर्मुज तनावले विश्वव्यापी व्यापार आपूर्ति जोखिममा « Khabarhub

हर्मुज तनावले विश्वव्यापी व्यापार आपूर्ति जोखिममा


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि मध्यपूर्वमा थप युद्ध विस्तार हुने जोखिम बढेको छ ।

यसले हर्मुज जलघाँटीमार्फत हुने विश्वव्यापी तेल तथा व्यापारिक आपूर्तिमा गम्भीर असर पर्ने देखिएको हो । अमेरिकाले इरानी लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ भने इरानले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्न ‘नयाँ रणनीति’ अपनाउने चेतावनी दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी सेनाले राताभर इरानी लक्ष्यमा ‘धेरै भारी आक्रमण’ गरेको र आवश्यक परे जुनसुकै बेला पुनः आक्रमण गर्न तयार रहेको बताए। उनले हर्मुज जलघाँटीको नाम परिवर्तन गरी ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्ने सुझावसमेत दिए । उक्त जलमार्ग अहिले अमेरिकी नियन्त्रणमा रहेको उहाँको दाबी भए पनि पछि आफ्नो भनाइ गम्भीर नभएको संकेत गरेका थिए ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका–इजरायलको आक्रमणपछि इरानले नयाँ रणनीति अपनाएको बताए। उनले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्दै अमेरिकी आधारलाई ध्वस्त पार्ने चेतावनी दिए ।

यसैबीच, अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले इरानका आर्थिक साझेदारलाई लक्षित गरी प्रतिबन्ध विस्तार गर्ने योजना रहेको र त्यसबाट अधिकतम आर्थिक दबाब सिर्जना गरिने बताए।

मंगलबार इरानमा अमेरिकी बमबारी भएपछि इरानले जोर्डन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन तथा इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाएको छ ।

इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा विवाह समारोह भइरहेको स्थानमा भएको अमेरिकी आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले घटनालाई युद्ध अपराधको संज्ञा दिँदै आक्रोश व्यक्त गरे । अमेरिकी सेनाले घटनाबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले अमेरिकी सेनाले नागरिकलाई कहिल्यै निशाना नबनाउने बताए ।

पछिल्लो चरणको लडाइँ आइतबार अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेपछि सुरु भएको हो । त्यसपछि इरानले क्षेत्रका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको छ । इरानी आक्रमणका क्रममा दुई तेल ट्याङ्करमा समेत प्रहार भएको र तीमध्ये एउटामा दुई फिलिपिनो नाविकको मृत्यु भएको साउदी ढुवानी कम्पनीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले हर्मुजमा समुद्री खानी राख्ने इरानी प्रयास र जोर्डनस्थित अमेरिकी आधारमा भएको क्षेप्यास्त्र आक्रमणको जवाफमा अमेरिकी कारबाही गरिएको बताए। हर्मुज जलघाँटीबाट यसअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने गरेकाले लामो अवरोधले विश्व ऊर्जा बजार र व्यापारमा थप दबाब पार्ने चिन्ता बढेको छ ।

इरान र अमेरिका–इजरायलबीचको युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । हर्मुजमा व्यापारिक जहाजमाथि भएका आक्रमणपछि नाजुक युद्धविराम भङ्ग भएको थियो ।

यसैबीच, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानले सेप्टेम्बरको मध्यदेखि सुरु हुने यहुदीहरूको उच्च धार्मिक पर्वका समयमा आक्रमण गरे इजरायलले ‘ठूलो बलका साथ’ जवाफ दिने चेतावनी दिए ।

पछिल्लो सैन्य टकरावले युद्धको दायरा विस्तार हुनुका साथै हर्मुज जलघाँटीमा व्यापारिक जहाजको आवागमन, विश्व तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा थप अस्थिरता निम्त्याउने चिन्ता बढाएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १२ : ५४ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना