मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु « Khabarhub

मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन् । घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन् ।

अपराह्न ४ः३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताएका छन् । घाइते तीन प्रहरी अधिकारीको अवस्था स्थिर रहेको छ ।

मृतकमध्ये एक जनाको घटनास्थलमै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । संदिग्धको पहिचान र मृत्युको कारण तत्काल खुलाइएको छैन ।

प्रत्यक्षदर्शीहरूले गोली चलाउने व्यक्ति अपार्टमेन्टकै बासिन्दा हुन सक्ने र यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेको बताएका छन् । प्रहरीले घटनापछि लोरिङ पार्क क्षेत्रका बासिन्दालाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले स्थानीय प्रहरीलाई राज्यका अधिकारीहरूले सहयोग गरिरहेको बताए । एफबिआई पनि अनुसन्धानमा संलग्न भएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली