मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु « Khabarhub

मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन् । घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन् ।

अपराह्न ४ः३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताएका छन् । घाइते तीन प्रहरी अधिकारीको अवस्था स्थिर रहेको छ ।

मृतकमध्ये एक जनाको घटनास्थलमै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । संदिग्धको पहिचान र मृत्युको कारण तत्काल खुलाइएको छैन ।

प्रत्यक्षदर्शीहरूले गोली चलाउने व्यक्ति अपार्टमेन्टकै बासिन्दा हुन सक्ने र यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेको बताएका छन् । प्रहरीले घटनापछि लोरिङ पार्क क्षेत्रका बासिन्दालाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले स्थानीय प्रहरीलाई राज्यका अधिकारीहरूले सहयोग गरिरहेको बताए । एफबिआई पनि अनुसन्धानमा संलग्न भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १ : ०२ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना