उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू) « Khabarhub

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)



रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम बिन्दु बनेको रसुवाको स्याफ्रुबेंसी नजिकैको १२ घुम्ती पुग्दा त्यहाँको दृश्य सामान्य छैन।

ही दिनअघिसम्म चहलपहल हुने बस्ती अहिले बाढीको विनाशले उजाड बनेको छ। भोटेकोशीमा भदौ १० गते आएको बाढीले बजारको अस्तित्व नै मेटिएको छ।

चीनतर्फबाट सुनामीको शैलीमा उर्लिएको विनाशकारी बाढीले स्याफ्रुबेशी क्षेत्रका घर, होटल, पसल, सडक तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

उत्तरी रसुवाको प्रमुख व्यापारिक तथा यातायात केन्द्रका रूपमा रहेको स्याफ्रुबेंसी बाढीअघि लाङटाङ क्षेत्र र नेपाल–चीन सीमातर्फ जाने यात्रुका लागि व्यस्त ट्रान्जिट प्वाइन्ट थियो। अहिले त्यही ठाउँमा बाढीले छाडेको हिलो, ढुंगा र भग्नावशेष मात्रै देखिन्छ।

झरीको मौसम अझै उस्तै छ। बाढीबाट जोगिएका तथा विस्थापित नागरिकका लागि टाउको लुकाउने सुरक्षित ठाउँसमेत पर्याप्त छैन। घर बगेका छन्, बस्ती बगेको छ, पसल र व्यवसाय बगेका छन्। कतिपयको हातमा अहिले शरीरको कपडाबाहेक केही बाँकी छैन।

आकाशमा उद्धार तथा राहतका हेलिकप्टरको चाप छ। सडकमा राहत सामग्री बोकेका गाडीको लाम देखिन्छ। बाहिरबाट हेर्दा राहत तथा उद्धारको गतिविधि तीव्र देखिए पनि त्यसको वास्तविक पहुँच यहाँका बासिन्दासम्म छैन।

राहत पुगेकै होला। तर कसले पाए, कसले पाएनन्? त्यसको व्यवस्थित लेखाजोखा कहाँ छ?

अझ विडम्बनापूर्ण अवस्था त त्यहाँ देखिन्छ, जहाँ पीडितका लागि पठाइएको राहत सामग्री नै अन्यत्र थुप्रिएको छ। जसलाई राहत आवश्यक छ, उसैसँग राहत राख्ने ठाउँ छैन।

घर छैन। गोठ छैन। पसल छैन। सुरक्षित भण्डारण गर्ने ठाउँ छैन।

त्यसैले अहिले स्याफ्रुबेंसी बाढीपीडितका लागि आवश्यकता खाद्यान्न र राहत सामग्री थुपार्नु मात्रै होइन, मानिसलाई वर्षा र चिसोबाट जोगाउने अस्थायी बासस्थानको व्यवस्था गर्नु पनि उत्तिकै जरुरी देखिएको छ।

बाढीले भौतिक संरचना मात्रै बगाएको छैन, सयौँ परिवारको दैनिकी र भविष्य पनि अस्तव्यस्त बनाएको छ। स्याफ्रुबेशीको उजाड दृश्यले विपत्तिपछिको उद्धार सकिए पनि पीडितको वास्तविक पुनर्स्थापना अझै बाँकी रहेको देखाउँछ।

रासस

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १ : ५४ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना