आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव « Khabarhub

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना कर्मचारीको शव निकालेको छ। आयोजनाका प्राविधिकको सहयोगमा सुरुङभित्र खोजी तथा उद्धारका क्रममा बाढीको आठौं दिनमा दुईवटा शव निकालिएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले जलविद्युत् आयोजनाका सुरुङमा लेदो र ढुंगासहितको बाढी पसेर थुनिएका व्यक्तिको उद्धारका लागि नेपालमा मात्रै नभई विश्वमै आवश्यक प्रविधि र प्राविधिक जनशक्ति नभएको अभिव्यक्ति संसद्मा दिएको भोलिपल्ट आयोजनाको सुरुङबाट दुई शव निकालिएको हो।

आयोजनाका लगानीकर्ताले खटाएका प्राविधिकको सहयोगमा नेपाली सेनाले शव बाहिर निकालेको हो। आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार बुधबार हाइड्रोमेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरी करिब १५० मिटर माथिसम्म पुगेको थियो।

उक्त क्रममा भित्रबाट केही कुहिएको जस्तो गन्ध आएपछि सुरुङभित्र मानिस फसेको स्थान बुधबार नै पहिचान गरिएको थियो। त्यही स्थान र बाटोबाट बिहीबार नेपाली सेनाको टोलीले दुई जनाको शव बाहिर निकालेको हो। शवको पहिचान भइसकेको छैन।

महाप्रबन्धक भट्टराईले सरकारले आयोजनालाई समयमै अनुमति दिएर उद्धारमा आफ्ना प्राविधिक परिचालन गर्न दिएको भए सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको बताए।

उनले घटनाबाट पाठ सिक्दै विपद्का बेला सम्बन्धित आयोजनाका प्राविधिक तथा विज्ञलाई तत्काल उद्धारमा परिचालन गर्न सक्ने व्यवस्था आवश्यक रहेको बताए। सरकारले आयोजना प्रवर्द्धकहरूलाई दुई दिनअघि मात्रै खोज तथा उद्धारमा सहभागी हुन अनुमति दिएको थियो।

लाङटाङ खोला जलविद्युत् आयोजनामा कुल ६० जना कर्मचारी तथा कामदार कार्यरत थिए। तीमध्ये १९ जना सम्पर्कमा आइसकेका छन् भने ३९ जना अझै बेपत्ता रहेको आयोजनाले जनाएको छ। नेपाली सेनाले सुरुङभित्र खोज तथा उद्धारको काम जारी राखेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  २ : १६ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको