नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती « Khabarhub

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षीभन्दा आफ्नै समर्थक दलहरूबीचको मत विभाजन ठूलो चुनौती बनेको छ।

निर्वाचनमा नेतान्याहु समर्थक साना दलहरूको सङ्ख्या बढ्दै गएपछि उनको परम्परागत मत आधार विभाजित हुने जोखिम बढेको हो। सरकारका कट्टरपन्थी मन्त्री इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले नेतृत्व गरेका दलसमेत यसपटक अलग–अलग रूपमा चुनावी प्रतिस्पर्धामा छन्।

नेतान्याहुले वैचारिक रूपमा निकट दलहरूलाई एकताबद्ध हुन आग्रह गर्दै ‘हामी एकजुट हुँदा जित्छौँ, विभाजित हुँदा हार्छौँ’ भन्ने सन्देश दिँदै आएका छन्।

इजरायलको निर्वाचन प्रणालीअनुसार संसद्को १२० सिटमध्ये प्रतिनिधित्व प्राप्त गर्न कुनै दलले कम्तीमा ३.२५ प्रतिशत मत हासिल गर्नुपर्छ। उक्त मतसीमा पार गर्न नसकेका दलको मत संसद् सिटमा रूपान्तरण हुँदैन। त्यसैले साना दलबीच हुने मत विभाजनले नेतान्याहु नेतृत्वको गठबन्धनलाई सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत जुटाउन कठिन बनाउन सक्छ।

इजरायली राजनीतिमा करिब १७ वर्षदेखि प्रभावशाली भूमिका निर्वाह गर्दै आएका नेतान्याहुको पछिल्लो कार्यकाल भने हमासको अक्टोबर ७, २०२३ को आक्रमणपछि उत्पन्न युद्ध, गाजा, लेबनान र इरानसँग भएका सैन्य सङ्घर्ष तथा सरकारविरुद्ध भएका प्रदर्शनका कारण विवादित बनेको छ। विभिन्न जनमत सर्वेक्षणहरूले सरकारप्रति जनअसन्तुष्टि बढेको देखाएका छन्।

सन् २०२२ मा एउटै चुनावी सूचीबाट प्रतिस्पर्धा गरेका स्मोट्रिच नेतृत्वको ‘रिलिजियस जियोनिज्म’ र बेन–गभिर नेतृत्वको ‘यहुदी पावर’ यसपटक अलग–अलग चुनाव लडिरहेका छन्। लिकुड पार्टीका पूर्वसदस्यहरूको नेतृत्वमा रहेका साना दल तथा पूर्वसैन्य जनरलहरूको नेतृत्वमा गठन भएका राजनीतिक समूहले पनि नेतान्याहुका परम्परागत मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

सन् २०२१ को निर्वाचनमा केही साना दलले आवश्यक मतसीमा पार गर्न नसक्दा भएको मत विभाजनले नेतान्याहुको पराजयमा योगदान गरेको थियो। त्यसको विपरीत, सन् २०२२ मा विपक्षी दलहरूबीच भएको प्रतिस्पर्धाले नेतान्याहुलाई पुनः सत्तामा फर्कन सहज बनाएको थियो। यस कारण यसपटक पनि साना दलहरूको प्रदर्शन नेतान्याहुको राजनीतिक भविष्यका लागि निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ।

निर्वाचनअघि दलहरूले सेप्टेम्बर ८ सम्ममा एकीकरण गर्ने, चुनावी प्रतिस्पर्धाबाट बाहिरिने वा छुट्टै रूपमा निर्वाचनमा जाने निर्णय गर्नुपर्नेछ। बुधबार एउटा सानो दल स्मोट्रिच नेतृत्वको सूचीमा सहभागी हुन सहमत भएको छ।

निर्वाचन नजिकिँदै गर्दा नेतान्याहुले आफ्ना समर्थकलाई एकताबद्ध हुन आग्रह गर्दै आफूले मात्र हमासलाई पराजित गर्न र प्यालेस्टिनी राज्य स्थापना रोक्न सक्ने दाबी गर्दै आएका छन्। उनले विपक्षी दलहरूलाई ‘वामपन्थी’ भन्दै उनीहरू सत्तामा आए इजरायलका लागि गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्।

यसपटक नेतान्याहुका लागि विपक्षीलाई पराजित गर्नु जत्तिकै आफ्नै राजनीतिक आधारलाई विभाजित हुनबाट जोगाउनु चुनौतीपूर्ण बनेको छ। साना दलहरूबीच हुने एकता वा विभाजनले आगामी निर्वाचनको परिणाम र नेतान्याहुको पुनः सत्तारोहणको सम्भावनामा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : १७ बजे

भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने सरकारको निर्णय, शुक्रबारदेखि लगातार पाँच दिन बिदा

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी शहीद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार