राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग « Khabarhub

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पुर्‍याउन माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद केसीले रसुवा र त्रिशूलीपारिका विस्थापित नागरिकहरू अझै आधारभूत राहतको पर्खाइमा रहेको र स्थानीय जनप्रतिनिधिहरूमा तीव्र आक्रोश रहेकाले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पुर्‍याउन माग गरेका हुन् । 

उनले ’एकद्वार प्रणाली’का नाममा केन्द्रीकृत सोच अपनाइएको र राहत सामग्रीहरू सदरमुकाममै थुप्रिएर पीडितहरू भोकभोकै रात बिताउन बाध्य भएको भन्दै आपत्ति जनाए । 

उनले पार्टी र सरकारलाई एउटै ठाउँमा मिसाउने शैली कम्युनिस्ट एकदलीय पद्धतिमा मात्र हुने भन्दै प्रजातान्त्रिक अभ्यासमा सरकारले आफ्ना कमजोरी स्विकारेर सबैका कुरा सुन्नुपर्ने बताए  । 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ५ : ५५ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन