औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर « Khabarhub

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत कुसियैतसहित पशु शाखा प्रमुख रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिकाका–४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । 

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम रु आठ लाख दुई हजार ८७८ कायम गरी सजाय गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ५ : ३४ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको