स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ « Khabarhub

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थित घरेलु चोकबाट भारतको पञ्जाब, पटियाला बस्ने १८ वर्षीय अर्मिन्द्र सिंहलाई पक्राउ गरिएको हो । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले शंकास्पद अवस्थामा पैदल हिँडिरहेको भेटिएपछि खानतलासी गर्दा निजको साथबाट भारतीय ५०० दरका नोट एक हजार थान बरामद गरिएको बताए। 

बरामद रकमसहित सिंहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ५ : ५० बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन