टनेल उद्धार अध्ययन र तालिमभन्दा फरक : उद्धारकर्ता सैंजु « Khabarhub

टनेल उद्धार अध्ययन र तालिमभन्दा फरक : उद्धारकर्ता सैंजु


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीपछि उद्धारको लागि निरन्तर लागेका खोज तथा उद्धारकर्ता अरुण सैंजुले टनेलभित्रको उद्धार अध्ययन, तालिम र सिकाइभन्दा भिन्न रहेको बताएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी प्रभावित क्षेत्रबाट हालसम्म करिब १२ हजार नागरिकको उद्धार गरिएको जानकारी दिएको छ । 

यस उद्धारको तथ्याङ्कमा राज्यका तीनै तहको सुरक्षा संयन्त्रसँगै सैंजुको टोलीको पनि सहकार्य रहेको थियो । आठौँ दिन सम्म आइपुग्दा हजारौँको सकुशल उद्धार गरेको, मृतकहरूको शव व्यवस्थापन देखि टनेल भित्र फसेका नागरिकहरूको उद्धारमा समेत नेपाली सेनासँगै लागिरहेका सैंजुले आफूले अहिलेसम्म गर्दै आएको उद्धारकार्य भन्दा यो पटकको उद्धारकार्य अध्ययन, सिकाइ भोगाइ भन्दा फरक भएको बताए । 

उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा गरेको सम्बोधनमा सत्यता रहेको भन्दै यस पटकको विपत्तिमा बाढी वा पहिरोको समस्या भन्दा मलुवाको भेलका कारण टनेल एक्सपर्टहरू पनि अन्योलमै परेको र यो पहिलो अनुभव भएको बताए । उद्धारको क्रममा नेपाली सेनासँगै विदेशी उद्धार टोली दोस्रो दिन देखि नै सँगै रहेर सहायता गरिरहेको पनि उनले बताए ।

अहिले पनि खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालित छन् । त्यससँगै विपद् उद्धार टोलीका विपद्कर्ता एवं स्वयम् सेवकहरूसमेत स्वतःस्फूर्त रुपमा सहकार्य गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : २३ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ