पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव « Khabarhub

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता पुनले विपद् व्यवस्थापनपछि पुनर्निर्माण ठूलो चुनौतीको रुपमा रहेको भन्दै अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिएका हुन् । 

उहाले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद् बढेकाले संयुक्त राष्ट्रसंघ लगायतका विश्व मञ्चहरूमा क्षतिपूर्तिको सशक्त दाबी र अपिल गर्नुपर्ने बताए । 

केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय संयन्त्रलाई सक्रिय बनाउन तत्काल सर्वदलीय बैठक बोलाउने तथा राहत र पुनर्निर्माणको प्रभावकारी नियमनका लागि ‘संसदीय अनुगमन समिति’ गठन गर्न उनले आग्रह गरे । 

साथै उनले नदी तटीय क्षेत्रको नयाँ मापदण्ड बनाई त्रिशूली सभ्यता पुनर्स्थापना गर्ने, ’ल्यान्ड पुलिङ’ मार्फत व्यवस्थित आवास निर्माण गरी हस्तान्तरण गर्ने तथा व्यवसायीहरूको क्षतिको मूल्यांकन गरी विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने धारणा राखे । 

उनले हिमनदी पग्लिने र हिमताल फुट्ने जोखिमको अध्ययन गर्न नेपाल सरकार, ग्रीन क्लाइमेट फन्ड तथा एडप्टेसन फन्डको सहकार्यमा ‘राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष’ खडा गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : १५ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा