प्रतिनिधिसभामा दुई अन्तर्राष्ट्रिय सम्झौता पेस « Khabarhub

प्रतिनिधिसभामा दुई अन्तर्राष्ट्रिय सम्झौता पेस


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा दुई अन्तर्राष्ट्रिय सम्झौता पेस गरिएको छ। सभाको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता पेस गरे। 

नेपाल सरकार र भारत सरकारबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता जानकारीका लागि प्रतिनिधिसभासमक्ष पेस गरिएको हो । मन्त्री श्रेष्ठले सम्झौताले नेपाल र भारतबीच विद्युत्को दीर्घकालीन व्यापारका लागि पारस्परिक रूपमा लाभदायक प्रबन्धहरूलाई प्रोत्साहन गर्न आवश्यक कदम चाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सम्झौतामा दुई देशबीच सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरूको अधिकतम उपयोग सुनिश्चित गर्ने प्रबन्धहरू मिलाएर क्षेत्रीय सीमापार विद्युत् व्यापारलाई थप प्रवर्द्धन गर्ने विषय समावेश गरिएको छ। 

सम्झौतामा नेपालको नवीकरणीय ऊर्जा क्षेत्र, विशेषगरी जलविद्युत् क्षेत्रका सबै खण्डमा भारतीय र नेपाली लगानीलाई प्रोत्साहन गर्ने, दुई देश बीचको सीमापार अन्तर आबद्धताको विकासलाई तीव्रता दिने विषयलाई समेटिएको छ ।

मन्त्री श्रेष्ठले सम्झौता नेपाल र भारत दुवैको स्वच्छ र नवीकरणीय ऊर्जाको स्रोतका रूपमा रहेको जलविद्युतको व्यापारबाट दुवै देशलाई आपसी लाभ पुर्‍याउने मुख्य उद्देश्यका साथ गरिएको बताए। सो सम्झौतामा विशेषगरी आगामी १० वर्षको अवधिभित्र नेपालबाट भारततर्फ १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको बताए।  

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुन्द्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गरिन् सम्झौताले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने विश्वास गरिएको छ । 

मन्त्री गौतमले अन्तर्राष्ट्रिय सहयोग र समन्वयमार्फत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रहरूको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सुनिश्चित गर्ने लक्ष्य राखिएको बताए। प्रतिनिधिसभाको आगामी बैठक भदौ २४ गते बुधबार दिनको १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : २७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी