उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू) « Khabarhub

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)



रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर र होटल बगाएर निकै ठूलो भौतिक क्षति पुगेको छ ।

धुन्चेदेखि करिब ५ किलोमिटरसम्म सडकको पहुँच रहेपनि त्यसपछिको बजार स्याफ्रुवेंशी पुग्न सहज छैन । त्रिशूलीले पासाङ ल्हामु राजमार्ग क्षतविक्षत बनाएको छ ।

सडक सम्बन्ध टुटेका कारण प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ भइरहेको छ ।

स्थानीयवासी तथा आफन्तहरूले आफ्ना परिवारका सदस्य सम्पर्कविहीन रहेको बताइरहेका छन् । दिन बित्दै जाँदा हराएकाहरू जीवित भेटिने आशमात्र मरेको छैन, शव पनि नभेटिने चिन्ता देखिन्छ ।

रसुवास्थित श्री श्रीनाथ गणका सहायक रथी उज्ज्वलविक्रम राणाका अनुसार बाढी आएको दिनदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यमा निरन्तर खटिएका छन् ।

सुरक्षा संयन्त्रले स्याफ्रुवेंशीलगायत प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण संकलन तथा बेपत्ताको खोजी कार्य जारी छ ।

तस्बिर : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : ५६ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा