बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ « Khabarhub

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने बहानामा विभिन्न व्यक्तिलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लामा धनजनको क्षति भएको घटनालाई आधार बनाएर कृष्ण केसीले विभिन्न व्यक्तिबाट रकम संकलन गरिरहेको सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं-१४ कलंकीबाट चन्द्रागिरि नगरपालिका–१ निवासी ४६ वर्षीय कृष्ण केसीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार केसीले बाढीपीडितका लागि सहयोग रकम संकलन गर्ने भन्दै क्यूआर कोडमार्फत आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको पाइएको छ।

नियन्त्रणमा लिइएका केसीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ७ : ५५ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा