काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको छ ।
गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा बेल्जियमले टर्कीमाथि ३–० गोलको जित हात पारेको हो ।
बेल्जियमका लागि केभिन डी ब्रयनाले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १०औँ मिनेटमा ब्रुयनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा ब्रुयनाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिए ।
त्यसपछि खेलको ७६औँ मिनेटमा लुकाकुले गरेको गोलसँगै बेल्जियम ३–० गोलले विजयी भयो ।
यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ए को दोस्रो स्थानमा रहेको छ । पराजित भएको टर्की अंक विहीन हुँदै चौथो स्थानमा छ । पहिलो स्थानमा रहेको फ्रान्सको समान खेलबाट ७ अंक छ ।














प्रतिक्रिया