यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित « Khabarhub

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको छ ।

गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा बेल्जियमले टर्कीमाथि ३–० गोलको जित हात पारेको हो ।

बेल्जियमका  लागि केभिन डी ब्रयनाले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १०औँ मिनेटमा ब्रुयनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा ब्रुयनाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिए ।

त्यसपछि खेलको ७६औँ मिनेटमा लुकाकुले गरेको गोलसँगै बेल्जियम ३–० गोलले विजयी भयो ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ए को दोस्रो स्थानमा रहेको छ । पराजित भएको टर्की अंक विहीन हुँदै चौथो स्थानमा छ । पहिलो स्थानमा रहेको फ्रान्सको समान खेलबाट ७ अंक छ । 

 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ०३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का