तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर) « Khabarhub

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँट यतिबेला गाढा सुनौलो र खैरो रङमा सजिँदा निकै आकर्षक देखिन थालेका छन् ।

स्थानीय रूपमा संरक्षण र पुस्तौँदेखि खेती हुँदै आएको रैथाने मार्सी धान जुम्लाको खाद्य उत्पादन, किसानको जीविकोपार्जन तथा कृषि र सांस्कृतिक पहिचानसँग जोडिएको छ ।

जुम्लाका आठवटै स्थानीय तहमा मार्सी धान खेती हुने गरेको छ । पातारासीको छुमचौर, तातोपानीको लाछु ज्युलो, चन्दननाथको शेरा ज्युलो तथा सिञ्जा, हिमा र तिला आसपासका फाँट यसको उत्पादनका प्रमुख क्षेत्र हुन् । छुमचौर विश्वकै उच्च उचाइमा धानखेती हुने चर्चित स्थानका रूपमा परिचित छ र समुद्री सतहबाट करिब ३ हजार ५० मिटर उचाइसम्म मार्सी धान खेती हुने गरेको मार्सी धान स्वाद र पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ ।

जिल्लामा कुल २ हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। त्यसमध्ये १ हजार ६८ हेक्टर अर्थात् करिब ३७ प्रतिशत क्षेत्रफलमा रैथाने मार्सी धान लगाइन्छ। बाँकी करिब १ हजार ८२० हेक्टरमा मुख्यतः उन्नत जातका धान खेती गरिन्छ।

जुम्लामा मार्सी खेतीको आफ्नै मौसमी पात्रो छ। परम्पराअनुसार चैत १२ गते बीउ पानीमा भिजाइन्छ। चैत १६ गते पानीबाट निकालेर न्यानो ठाउँमा अङ्कुरण गराएपछि चैत २०–२१ तिर ब्याडमा छरिन्छ। मुख्य रोपाइँ जेठमा गरिन्छ भने उचाइ र मौसमअनुसार धान असोज–कात्तिकमा पाकेर भित्र्याउन तयार हुन्छ। दसैँ–तिहारजस्ता प्रमुख चाडपर्वको समयमा जुम्ली किसान धान काट्न र भित्र्याउन व्यस्त हुने गरेका छन् ।

आर्थिक वर्ष २०८०–८१ मा जुम्लामा करिब ३ हजार मेट्रिक टन मार्सी धान उत्पादन भएको थियो । स्थानीय किसानका लागि यो बाली खाद्यान्न र आम्दानीको स्रोतसँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको खेतीको ज्ञान र परम्पराको आधार पनि बनेको छ। यसको विशिष्ट स्वाद र पोषणसम्बन्धी विशेषताका कारण स्थानीय तथा बाह्य बजारमा पहिचान स्थापित भएको छ।

२०८२ कात्तिकदेखि फागुन मसान्तसम्म करिब १७५ मेट्रिक टन मार्सी चामल बिक्रीका लागि जिल्लाबाहिर पठाइएको र उक्त परिमाणको अनुमानित बिक्री मूल्य करिब ३ करोड ५० लाख रुपैयाँ रहेको छ। मार्सी चामल जुम्लामा १ सय ८० र काठमाडौँमा २ सय ५० रूपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ। यसको मूल्य भने समय, गुणस्तर, प्याकेजिङ र बजारअनुसार फरक हुने गरेको छ।

मार्सीको संरक्षण तथा प्रवर्द्धनमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको कृषि–खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजनाले पनि सहयोग गर्दै आएको छ। स्थानीय तथा जलवायु–अनुकूल कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने क्रममा परियोजनाले मार्सीलगायत रैथाने बालीलाई प्राथमिकता दिएको छ ।

परियोजनाले सिँचाइ र कृषि उपकरण सञ्चालनमा विद्युत्को उपयोगसँगै बाली कटानीपछिको प्रशोधन, भण्डारण, प्याकेजिङ तथा बजार पहुँच विस्तारलाई जोड दिएको छ। स्थानीय खेतीको ज्ञानलाई उपयुक्त प्रविधिसँग जोड्ने यी प्रयासले किसानको श्रमभार कम गर्न, उत्पादनको गुणस्तर कायम राख्न र बजारसम्म पुर्‍याउन सहयोग गर्ने गरेको छ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ११ : ४७ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१