सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल « Khabarhub

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

ज्यापु समाज यलद्वारा आज ललितपुरमा आयोजित समाजको ३३औँ वार्षिक साधारणसभाको उद्‌घाटन गर्दै सभामुख अर्यालले सांस्कृतिक सम्पदा संरक्षण गर्नु वर्तमान पुस्ताको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

उनले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा तथा मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।

स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त सुझाव र समस्यालाई कानुन निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने उनको भनाइ थियो ।

सभामुख अर्यालले नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भावी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : २१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा