सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल « Khabarhub

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

ज्यापु समाज यलद्वारा आज ललितपुरमा आयोजित समाजको ३३औँ वार्षिक साधारणसभाको उद्‌घाटन गर्दै सभामुख अर्यालले सांस्कृतिक सम्पदा संरक्षण गर्नु वर्तमान पुस्ताको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

उनले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा तथा मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।

स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त सुझाव र समस्यालाई कानुन निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने उनको भनाइ थियो ।

सभामुख अर्यालले नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भावी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : २१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा