सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू) « Khabarhub

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको कागबेनी यस वर्ष सुनसान बनेको छ ।

असोज ९ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरो र सडक कटानका कारण अवरुद्ध भएपछि कागबेनी आउने तीर्थालुको संख्या ह्वात्तै घटेको हो ।

दिवंगत पितृका नाममा पिण्डदान तथा तर्पण गर्न भारतलगायत विभिन्न स्थानबाट तीर्थालु कागबेनी आउने गर्छन् । दामोदरकुण्डबाट बगेर आएको कालीगण्डकी र मुक्तिनाथ क्षेत्रका १०८ धाराबाट बगेर आएको गण्डकीको संगमस्थल कागबेनीमा पिण्डदान तथा तर्पण गरे पितृ तृप्त हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

सडक अवरुद्ध भएपछि तीर्थालुको आगमन घट्दा कागबेनी र जोमसोमका होटल व्यवसायसमेत प्रभावित भएका छन् । तीर्थालुको चहलपहल नहुँदा पुरोहितहरू पनि फुर्सदिला बनेका छन् ।

स्थानीय पुरोहित बालकृष्ण सुवेदीका अनुसार विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएपछि दैनिक ८ सयदेखि एक हजारसम्म तीर्थालु कागबेनी आउने गरेका थिए । तर, यस वर्ष दैनिक २० देखि ३० जना मात्रै आउने गरेको उनले बताए।

औँसीका दिन भने विगतमा १० हजारभन्दा बढी तीर्थालुले कागबेनीमा श्राद्ध गर्ने गरेको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : ४१ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान