सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू) « Khabarhub

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको कागबेनी यस वर्ष सुनसान बनेको छ ।

असोज ९ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरो र सडक कटानका कारण अवरुद्ध भएपछि कागबेनी आउने तीर्थालुको संख्या ह्वात्तै घटेको हो ।

दिवंगत पितृका नाममा पिण्डदान तथा तर्पण गर्न भारतलगायत विभिन्न स्थानबाट तीर्थालु कागबेनी आउने गर्छन् । दामोदरकुण्डबाट बगेर आएको कालीगण्डकी र मुक्तिनाथ क्षेत्रका १०८ धाराबाट बगेर आएको गण्डकीको संगमस्थल कागबेनीमा पिण्डदान तथा तर्पण गरे पितृ तृप्त हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

सडक अवरुद्ध भएपछि तीर्थालुको आगमन घट्दा कागबेनी र जोमसोमका होटल व्यवसायसमेत प्रभावित भएका छन् । तीर्थालुको चहलपहल नहुँदा पुरोहितहरू पनि फुर्सदिला बनेका छन् ।

स्थानीय पुरोहित बालकृष्ण सुवेदीका अनुसार विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएपछि दैनिक ८ सयदेखि एक हजारसम्म तीर्थालु कागबेनी आउने गरेका थिए । तर, यस वर्ष दैनिक २० देखि ३० जना मात्रै आउने गरेको उनले बताए।

औँसीका दिन भने विगतमा १० हजारभन्दा बढी तीर्थालुले कागबेनीमा श्राद्ध गर्ने गरेको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : ४१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा