१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी « Khabarhub

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व निर्वाचित भएको र अब १५औँ महाधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने बताए।

उनले आफूहरूको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको दाबी गरे। प्रतिकूल अवस्था र विभिन्न दबाबका बाबजुद पार्टीका नेता तथा कार्यकर्ता आफ्नै खर्चमा कुनै तामझाम नगरी देशभरका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा जुटिरहेको उनको भनाइ थियो।

विशेष अधिवेशनका नाममा पार्टीलाई बिथोल्ने प्रयास भइरहेको भन्दै महतले त्यसको विरोधमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको बताए।

पार्टीको मूल आदर्श, मूल्य र मान्यता जोगाउन आफूहरू न्यायको पक्षमा उभिएको उल्लेख गर्दै उनले अदालतबाट समेत न्याय पाउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताए।

अर्को अधिवेशनमा भ्रममा परेर सहभागी भएका नेता तथा कार्यकर्ता पनि आफ्नो गल्ती महसुस गर्दै वडा तहदेखि नै आधिकारिक प्रक्रिया र अभियानमा पुनः जोडिन थालेको महतको दाबी थियो।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : ४९ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा