१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी « Khabarhub

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व निर्वाचित भएको र अब १५औँ महाधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने बताए।

उनले आफूहरूको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको दाबी गरे। प्रतिकूल अवस्था र विभिन्न दबाबका बाबजुद पार्टीका नेता तथा कार्यकर्ता आफ्नै खर्चमा कुनै तामझाम नगरी देशभरका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा जुटिरहेको उनको भनाइ थियो।

विशेष अधिवेशनका नाममा पार्टीलाई बिथोल्ने प्रयास भइरहेको भन्दै महतले त्यसको विरोधमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको बताए।

पार्टीको मूल आदर्श, मूल्य र मान्यता जोगाउन आफूहरू न्यायको पक्षमा उभिएको उल्लेख गर्दै उनले अदालतबाट समेत न्याय पाउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताए।

अर्को अधिवेशनमा भ्रममा परेर सहभागी भएका नेता तथा कार्यकर्ता पनि आफ्नो गल्ती महसुस गर्दै वडा तहदेखि नै आधिकारिक प्रक्रिया र अभियानमा पुनः जोडिन थालेको महतको दाबी थियो।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : ४९ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक