सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो « Khabarhub

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसहित विभिन्न भूभागबाट मनसुन बाहिरिएको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको छ।

नेपालमा मनसुन बहिर्गमन सुरु भएसँगै वर्षायाम क्रमशः अन्त्यतर्फ जाने भएको छ। महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले आगामी केही दिनमा देशका बाँकी भूभागबाट पनि मनसुन बाहिरिने सम्भावना छ।

मनसुन बाहिरिने क्रमसँगै मौसममा क्रमिक परिवर्तन आउने तथा पश्चिमी वायुको प्रभाव देखिन सक्ने भएकाले महाशाखाले मौसमको अवस्थाबारे नियमित अनुगमन गरिरहेको जनाएको छ।

महाशाखाले मनसुन बहिर्गमनको प्रक्रिया र पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रूपमा मौसम पूर्वानुमान तथा सूचना सार्वजनिक गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : ०४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको