सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो « Khabarhub

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसहित विभिन्न भूभागबाट मनसुन बाहिरिएको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको छ।

नेपालमा मनसुन बहिर्गमन सुरु भएसँगै वर्षायाम क्रमशः अन्त्यतर्फ जाने भएको छ। महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले आगामी केही दिनमा देशका बाँकी भूभागबाट पनि मनसुन बाहिरिने सम्भावना छ।

मनसुन बाहिरिने क्रमसँगै मौसममा क्रमिक परिवर्तन आउने तथा पश्चिमी वायुको प्रभाव देखिन सक्ने भएकाले महाशाखाले मौसमको अवस्थाबारे नियमित अनुगमन गरिरहेको जनाएको छ।

महाशाखाले मनसुन बहिर्गमनको प्रक्रिया र पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रूपमा मौसम पूर्वानुमान तथा सूचना सार्वजनिक गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : ०४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक