मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग « Khabarhub

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्‍याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपत्कालीन कोषबाट जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार आपत्कालीन प्रतिक्रिया कोषबाट १५ करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको छ ।

त्यसैगरी, यी १२ मानवीय संकटमा रहेका अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप १ करोड डलर छुट्याइएको छ । यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने ओसीएचएले जनाएको छ ।

यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका ८ करोड ७० लाख मानिससम्म सहायता पुर्‍याउने व्यापक प्रयासअन्तर्गत यो रकम जारी गरिएको हो । संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले सहायता पुर्‍याउन आर्थिक सहयोगसँगै राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ३ : २९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय