भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित « Khabarhub

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्‍याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ । 

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) जिल्ला शाखा चितवनले आज यहाँ आयोजना गरेको पाँचौँ साधारणसभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो । सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो । 

उनीहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्मा एम्बुलेन्स चालकले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।

 उनले भने, ‘शव उठाउन हामीले नेतृत्व गर्नुपर्नेमा अघिअघि एम्बुलेन्स चालक र हामी पछिपछि भयौँ ।’

विपद्मा गरिने यस्ता कार्यको राज्य पक्षबाट मूल्यांकन हुनुपर्ने उनले बताए।

सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले चालकहरूले नदीमा शव उठाउने, एम्बुलेन्समा राख्ने र झार्नेसम्मका काम गरेका बताए। 

उनले भने, ‘तीन–चार दिनदेखि गन्हाइरहेका शव कुनै अप्ठ्यारो महसुस नगरी हामीले बोक्यौँ ।’ कतिपय शव राख्ने ठाउँको अभावमा लामो समय एम्बुलेन्समा राख्नुपरेको उनले बताए । 

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विपद्मा चालकहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।

कार्यक्रममा चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, भरतपुर अस्पतालका साइदिप घिमिरे, सङ्घका जिल्ला अध्यक्ष कल्याण लामा, सचिव मिलन श्रेष्ठ, नेपाल ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष अर्जुन अधिकारीलगायतले आआफ्नो धारणा राखेका थिए । 

यसैबीच अधिवेशनले कल्याण लामाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भोटेकोशी बाढीको समयमा चितवनसहित धादिङ, नवलपरासी, तनहुँ, कास्की, नुवाकोटका एम्बुलेन्सले शव व्यवस्थापनमा खटिएका थिए । 

चितवनमा १३५ वटा एम्बुलेन्स सङ्घमा आबद्ध थिए । भोटेकोशी बाढीका सबैभन्दा बढी ३६९ वटा शव चितवनमा फेला परेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ४ : २९ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन