जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल « Khabarhub

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।

केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरेर स्थानीय उत्पादनको प्रचारमा सहयोग पुर्‍याएको भन्दै शाहीले लामिछानेप्रति आभार व्यक्त गरेका हुन् ।

शाहीले सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानले उत्पादनको उचित मूल्य नपाइरहेको विषयमा ध्यान दिन आग्रह गरे । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै जुम्लाको स्याउ बजारमा उपलब्ध हुने अवधिसम्म विदेशबाट आयात हुने स्याउ रोक्न सरकारसँग अपिल गरे ।

उनले भने, ‘जुम्लाको स्याउ बाँडेर यसको प्रचार गरिदिनुभएकोमा धन्यवाद । अब जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस् । यति गरिदिनुभयो भने जुम्लेली किसानले तपाईंको यो गुण कहिल्यै बिर्सने छैनन् ।’

शाहीले जुम्लाका किसानको उत्पादनले उचित बजार र मूल्य पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी स्याउलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ५ : ३९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको